
पाेखरा न्यूज । माटोको खाल्डोमा जमेको पानीमा डुबेर एक १० बर्षीय बालकको आज मोरङमा मृत्यु भएको छ ।
इट्टा बनाउन खनेको माटोको खाल्डोमा डुबेर बिहान पौने १० बजे मोरङकाे रंगेली नगरपालिका ९ बेदमारीमा बालककाे मृत्यु भएकाे हाे ।
भारत बिहार घर भइ सोही स्थानमा रहेको देवी इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँको छोरा १० बर्षीय अलिअर मिया खेल्ने क्रममा उक्त पानीको खाल्डोमा डुबी गम्भिर घाईते भएका थिए । घाईते बालकको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।





