
पोखरा न्यूज । लकडाउन भएको समयमा सबै फुर्सदमा हुँदा जुवातास खेल्नेको सङ्ख्या जाजरकोट जिल्लाकाे सदरमुकामका भित्री भागमा बढेको छ ।
मन मिल्ने साथीहरु जम्मा भएर तास खेल्दै समय बिताउने गरेको पाइएको हो ।
अघिल्लो वर्ष मात्र जुवातास खेलिरहेको ठाउँबाट धेरैलाई कोरोना लागेको थियो ।
अहिले पनि सदरमुकामकाे थाप्ले, माथिल्लो थाप्ले र पिपलडाँडालगायतका ठाउँमा भित्रीरूपमा जुवातास खेल्ने काम भएको बताइन्छ ।





