
पोखरा न्यूज । सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर धनकुटामा एक बालककाे निधन भएकाे छ ।
धनकुटा नगरपालिका ५ बाल मन्दिर स्थितमा बस्ने राजु श्रेष्ठको छोरा १० बर्षीय संजोग श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ ।
करेन्ट लाग घाइते भएका बालकको जिल्ला अस्पताल धनकुटमा उपचारको क्रममा बेलुका सँवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।





