पूर्वराजा ज्ञानेन्द्र शाह काेराेनामुक्त

पोखरा न्यूज । पूर्वराजा ज्ञानेन्द्र शाहकाे काेराेना परिक्षण रिपाेर्ट नेगेटिभ आएकाे छ ।  पूर्वराजा शाह कोभिड–१९ को उपचारका लागि बैशाख ११ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियाे ।

उहाँकाे रिपाेर्ट नेगेटिभ आएकाे नर्भिकले जनाएकाे छ । भारतको हरिद्वारमा कुम्भमेलामा सहभागी भएर फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा शाहसहित पूर्वरानी कोमलराज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहमा कोरोना सङ्क्रमण देखिएको थियो । तीनै जना अस्पतालमा भर्ना हुनुभएकाे हाे ।

पूर्वरानी शाहकाे भने साेही अस्पतालमा उपचार भइरहेकाे छ । उहाँको केही दिन पहिला प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो। पूर्वअधिराजकुमारी शाह पनि कोरोनामुक्त हुनुभएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button