कोरोना संक्रमित पत्रकार ढकाललाई आर्थिक सहयोग

पोखरा न्यूज । कोरोना संक्रमित पत्रकार हेमराज ढकाललाई आज नेपाल पत्रकार महासंघ भक्तपुरले स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ । ढकाललाई महासंघ उपत्यका प्रदेश समितिबाट प्राप्त रु १० हजार तथा पत्रकार निशा ओली र महासंघ भक्तपुरका तर्फबाट रु पाँचपाँच हजार गरी रु २० हजार सहयोग गरिएको महासंघ जिल्ला शाखा अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

महासंघ भक्तपुरका सहसचिव ढकाललाई कोरोना संक्रमण भएपछि भक्तपुर अस्पतालको हाइ केयर युनिटमा उपचार गराए पनि थप उपचार आवश्यक भएपछि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सघन उपचार कक्षमा भर्ना गराएर उपचार गराइएको थियो । हाल घरमै स्वास्थ्यलाभ गरिरहनुभएका उहाँलाई मास्क, स्यानिटाइजरलगायत सामग्री पनि प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button