ओली र नेपालबीचकाे भेटवार्ता सकियाे

पोखरा न्यूज । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बुढानिलकण्ठमा भएकाे भेटवार्ता सकिएको छ ।

भेटवार्ता भइरहेकाे घरबाट बाहिर निस्किएर गाडीमा चढ्न लाग्दा पत्रकारहरुसँग नेता नेपालले वार्ता सकारात्मक भएकाे र पुनः भेटघाट गर्ने सहमित भएकाे बताउनुभएकाे छ ।

नेपाल पक्षका सांसदले पदबाट राजीनामा दिने बारे साेधिएकाे प्रश्नमा २/३ दिनलाई त्याे टरेकाे प्रतिक्रिया दिनुभएकाे छ ।

यस अघि प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button