
पोखरा न्यूज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले जनताकाे जीवन रक्षा गर्न प्रधानमन्त्रीकाे साथ उभिने बताउनुभएकाे छ । नेता थापाले अबका केही दिन अन्य सबै कुरा छोडेर महामारीसंग जुध्न प्रधानमन्त्रीसँग आग्रह पनि गर्नुभएकाे छ ।
आज एक भिडियाे सन्देश जारी गर्दै उहाँले साे कुरा बताउनु भएकाे छ । उहाँ भन्नुहुन्छः
प्रधानमन्त्रीज्यू, फेरी एकपटक मौका पाउनु भएको छ।
अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन,ध्यान,शक्ति,उर्जा, संयन्त्र सवै महामारीसंग जुध्न लगाउनुहोस। हामी पनि अबको केही समय तपाईंसँगका सवै असहमतिलाई विसाएर
जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौं।





