संविधानको कार्यान्वयन गर्नुपर्नेमा जोड

काठमाडौँ, ११ भदौ –

सभामुख ओनसरी घर्तीले संविधानले सबै जाति समुदायका अधिकारलाई संरक्षण गरेकाले यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा ‘पहिचानको खोजी’ नामक कृति सार्वजनिक गर्दै सभामुख घर्तीले नेपालमा बसोबास गर्ने सबै जाति तथा समुदायको पहिचान नै समग्रतामा नेपाली पहिचान भएको बताउनुभयो । उहाँले आदिवासी जनजाति महिलाको सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भका विषयमा २१ लेखकले सामूहिकरुपमा लेखेको उक्त पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

अधिकारकर्मी महेन्द्र लावती र शुभ घलेले पुस्तकको टिप्पणी गर्दै आदिवासी जनजाति महिलाको अवस्थाका बारेमा चासो राख्ने सबैका लागि पुस्तकले सहयोग पुरयाउने बताउनुभयो ।

विसं २०१६ देखि २०७३ सम्मका आदिवासीका महत्वपूर्ण विभिन्न घटनाक्रमलाई पुस्तकमा समावेश गरिएको छ । इन्डिजिनिस मिडिया फाउन्डेसनले उक्त पुस्तक प्रकाशन गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button