पोखरामा सौन्दर्यकर्मीको तिज उत्सव

पोखरा, १२ भदौ –

महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा सौन्दर्यकर्मीहरुको एक समुहले शनिबार पोखरामा तिज उत्सव आयोजना गरेका छन ।

उक्त तिज उत्सव कार्यक्रममा बोल्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका संस्थापक अध्यक्ष बरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङले तिज पर्व नेपाली परम्परा अनुसार मनाउन आग्रह गर्दै भड्किलो रुपमा कुनै पनि चाडपर्वहरु नमनाउन उनले सुझाव दिएकी छन ।

सौन्दर्यकर्मी माया पुन, संगिता पाण्डे, शोभा गुरुङले आयोजना गरेको तिज उत्सव कार्यक्रममा युनियन नेपालका अध्यक्ष पम्फा पहारी, नेपाल ट्रेड युनिय महासंघ जिफण्ट राष्ट्रिय कमिटिका सदस्य हिरु पुन, महासचिव सुमन गुरुङ लगायतले वोलेका थिए । कार्यक्रममा शुभकामना आदन प्रदान सहित नृत्य प्रदर्शनी एवं दर खुवाउने कार्यक्रम समेत आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button