पोखरामा मिस एण्ड मिसेस फिटनेसमा ट्यालेन्ट राउन्ड सम्पन्न

पोखरा, १२ भदौ –

सेपअप जुम्बा एण्ड एरोविक फिटनेस सेन्टरको आयोजना तथा एस.टी. क्रियशनको ब्यबस्थापनमा पहिलो पटक भइरहेको फरक शैलीको सुन्दरी प्रतियोगिता मिस एण्ड मिसेस फिटनेस २०१६ को सेल्फ ट्यालेन्ट राउन्ड शनिबार पोखरामा सम्पन्न भएको छ ।

प्रतियोगीताका १२ जना प्रर्तिस्पर्धीले शनिबार सम्पन्न ट्यालेन्ट राउन्डमा नृत्य, गायन, हास्य प्रहशन र बौद्धिक कला जस्ता प्रस्तुतीहरु प्रर्दशन गरेका थिए । प्रतियोगिताको सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रममा निर्णायकहरुमा नृत्य निर्देशक तथा पोखरा कला केन्द्रका संञ्चालक राहुल थापामगर, मोडल, कोरियोग्राफर तथा मिस मगर २०१२ की फस्ट रनरअप अनिता थापा र जुम्बा प्रशिक्षक तथा मोडल समिर गुरुङ निर्णायकको रुपमा रहेका थिए ।

आगामी भदौ २४ गते शुक्रबारको दिन पोखरा सभागृह हलमा बिबिध साँगीतिक कार्यक्रमको साथमा प्रतियोगिताको अन्तिम प्रर्तिस्पर्धा हुदैछ । स्वस्थ्थ र तन्दुरुस्त हुनुनै सुन्दर हुनुहो भन्ने नारालाई आत्मसाथ गदै मोटोपन भएका महिलाहरुले पनि सहभागी भई आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउने अवसर प्रदान गराई महिला तथा युवा पुस्ताहरुको आफ्नो हक, अधिकार र कर्तब्यको बिषयमा नयाँ पुस्तालाई जानकारी गराई सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजक सेपअप जुम्बा एण्ड एरोविक फिटनेस सेन्टरकी संञ्चालक तथा जुम्बा प्रशिक्षक रितु गुरुङले जानकारी गराउनुभयो ।

ड्रेस डिजाइनर सुशी गुरुङको कलात्मक डिजाइनमा सजिएका प्रतियोगी मध्येबाट मिस एण्ड मिसेस फिटनेस २०१६ की उपाधी विजेताले क्राउन सहित ५० हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार पाउनेछिन त्यस्तै फस्ट रनर अपले २५ हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार र सेकेण्ड रनर अपले १५ हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कारको साथै अवार्ड प्रमाण पत्र आदी पाउनेछन् भने अन्य उपविद्यामा विभिन्न किसिमका गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक संस्थाकै जुक्बा प्रशिक्षक खुशी थापाले जानकारी गराए ।

सञ्चारकर्मी एवं बरिष्ठ कोरियोग्राफर सुरज थापाको कोरियोग्राफीमा हुदै गरेको उक्त कार्यक्रमलाई प्रकास एग्रो प्रा.लि., एक्स आर्मी फिजिकल ट्रेनिङ्ग सेन्टर, पोखरा लिङ्घकन ईन्टरनेशनल कलेज, बिजीआरटी काठमाण्डौ, लोटस ट्रेनिङ्ग सेन्टर, एम.के. ज्वेलरीज, गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी, माउण्ट एभरेष्ट ट्रेनिङ्ग सेन्टर धरान, न्युरोड युवा क्लब, क्याफे एनिटाइम, न्यू राष्ट्रियता छापाखाना, दि फुलबारी रिसोर्ट एण्ड स्पा, बबी फेशन ग्यालेक्सी, दि भिलेज रेष्टुरेण्ट, परिचय एड्भटाइजिङ्ग, इमेज कम्प्युटर, हिमाल मनि एक्सचेन्जर, सिटी भ्यू रेष्टुरेण्ट, संघर्स डिजिटल आर्ट, लोटस ग्लास हाउस, लक्ष्मी भाँडा पसल आदीले कार्यक्रम सम्पन्न पार्न सहयोग गरेकाछन् । करिब ३ घण्टासम्म चलेको उक्त कार्यक्रमको संञ्चालन सञ्चारकर्मी इनिशा दुरामगरले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button