
तिलु शर्मा पौडेल, दोहा कतार । नेपालमा पछिल्लो समय बढिरहेको ‘नयाँ भेरियण्ट’को कोरोना महामारीलाई मध्यनजर गर्दे नेपालीमाथि विभिन्न देशहरूले प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउने क्रम बढी रहेको छ l यसै क्रममा खाडी राष्ट्र बहराइनले नेपाली यात्रुमाथि अस्थायी प्रतिबन्ध लगाएको छ ।
आज अर्थात् मे २४ बाट लागु हुने बहराइनले नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट त्यहाँ जाने यात्रु माथि प्रतिबन्ध लगाएको हो l प्रतिबन्धका कारण नयाँ भिसामा बहराइन प्रवेश गर्नेहरूलाई प्रत्यक्ष असर पर्ने भएको छ भने घर बिदामा गएकाहरू भने फर्कन सक्नेछन् तर १० दिनको क्वारेनटाइन बस्नु पर्ने छ भने उड्नु भन्दा ४८ घण्टा पहिलेको पिसिआर नेगेटिभ रिपोर्ट देखाउनु पर्ने जनाइएको छ l
पछिल्ला केही दिन यता बहराइनमा कोरोनाको सङ्क्रमण बढ्दै गएको छ l हालसम्म कोरोनाबाट ८२० जनाको मृत्यु भएको छ भने २२ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् l नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढपछि मलेसिया, युएई, बेलायत, सिंगापुर, जापान र कुवेतले नेपालीलाई प्रवेशका लागि अस्थायी प्रतिबन्ध लगाइसकेका छन् ।





