गोरखा, १८ भदौ –
मनास्लु पदमार्गअन्तर्गत लापु गाविसस्थित भीरमा एकजना मृत अवस्थामा भेटिएका छन् ।
गोरखाको केरौंजा गाविस–६ रुन्चेत घर भएका करिब ५६ वर्षीय सुनपाती गुरुङ आज मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।
मुटु रोगले बिरामी रहेका गुरुङ उपचारका लागि आरुघाट आउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस





