बैदाममा आयोजित तीज गीत प्रतियोगितामा देवीस्थान भजन समुह प्रथम

पोखरा १९, भदौ-

नेपाली नारीहरुको महान पर्व हरितालीका तीजको अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामले आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा देवीस्थान भजन समुह हेमजा प्रथम भएको छ । पर्यटन क्षेत्रसंग सम्वन्धि रहेर आयोजना गरिएको प्रतियोगितामा विश्वकर्मा महिला समुह दोस्रो र कमला जैसीको समुह तेश्रो हुन सफल भए ।

बैदामको हल्लनचोकमा आयोजित प्रतियोगितामा उत्कृष्ट नृत्यको पुरस्कार मासबार महिला समुह र उत्कृष्ट भेषभुषाको पुरस्कार गोरखा तमु समाजले जित्न सफल भए । प्रतियोगितामा प्रथमले नगद २० हजार, द्धितियले १३ हजार, तृतियले ८ हजार, सान्त्वनले ४ हजार र उत्कृष्ट नृत्य तथा उत्कृष्ट भेषभुषालाई एक एक हजार रुपैयाँ प्रदान गरिएको प्रतियोगिता संयोजक मिना भटराईले जानकारी दिइन् । प्रतियोगिताको उद्घाटन नेपाल प्रहरीका पश्चिमाञ्च प्रमुख डिआइजी कमलसिंह बलमे उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा क्योकुसिन बुदोकाई कराँतेका राष्ट्रिय खेलाडीले ब्लक ब्रेक लगायतका डेमोस्टेशन गरेका थिए ।

विजेता टिमलाई सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भीम पराजुली, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार, सामुदायिक सेवा केन्द्रका सदस्य दिपेन्द्र पहारी,रमेश पहारी, सचिव चेतनारायण पाण्डे, लगायतले पुरस्कार वितरण गरेका थिए । ‘विकृति विसंगीतको अन्त्य सभ्य समाजको परिकल्पना हाम्रो चाहना ’भन्ने नारा सहित पर्यटनसंग सम्वन्धित तीज गित प्रतियोगिता गरिएको प्रतियोगिता संयोजक मिना पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button