
नारायणी कोइराला
पोखरा, २९ भदौ –
असल सन्तानको चाहना कसलाई हुदैन र ?
छोराछोरी जन्माउन के कठिन छ र असल बनाउन पो गाह्रो छ । मेक्सिम गोर्की हामीले चाह्यौं भने हाम्रा सन्तानलाइ हामीले सोचे जस्तौ बनाउन सक्छौं। यसको लागि हामीमा थोरैधैर्यता र दृध विश्वास हुनु जरुरी छ । हामीले रोपेको धानको बिउ फलैर चामल सम्म आइपुग्द कम्तिमा ६ महिना समय लाग्छ , एउटा बिरुवा रोपेर रुख भएर फल दिनको लागि १० बर्ष कुर्नु पर्छ त्यस्तै वालवालिकामा गरिएको लगानीको प्रतिफल १५ देखि २० वर्षमा बल्ल देखिन्छ । यदी हामीले राम्रो वातावरण दिन सक्यौ भने । अन्यथा हुने विरुवाको चिल्लो पात भने झै सानै देखि हाम्रा वालवालीकाहरुको भविश्य सोचेर राम्रो संस्कार दिन सक्यौं भने भोलि त्यसको प्रतिफल पक्का राम्रो हुन्छ तर आजका वालवालीकालाई हामीले वास्ता गरेनौं भने समाजको विकृति विसङगती फैलाउने प्रकृतिको हुन सक्छ । यसको मतलव यो होइनकी यस उमेरमा उस्ले कमाएर ल्याउंछ । यसको मतलव यो हो की उनिहरुमा असल संसकारको विकास हदै जानु, आफनो क्यरियरको सहि छनौट गर्न सक्नु ,अभिभावक र परिवार प्रति जिम्मेवार हुदैजानु जस्ता सकारात्मक व्यवहारहरु प्रस्तुत गरिरहेका हुन्छन ।
यस्को लागि हामीले के कुरामा ध्यान पुरयाउनु पर्ला त ?
सिकाईको प्रक्रिया गर्भअवस्थावाट नै शुरु हुन्छ । त्यसैले एउटा शिशु जन्मदा उसको २५ प्रतिशत वौद्धिक विकास भैसकेको हुन्छ । २ वर्ष हुदा ७५ प्रतिशत र ८ वर्षमा ८० देखि ९० प्रतिशत वौद्धिक विकास भैसकेको हुन्छ । त्यसैले वालवालिकाले घरमा आमा संग , परिवार र हाम्रा वरपरको वातावरणवाट धेरै कुरा सिकिरहेका हुन्छन । यो सव कुरा विभिन्न देशका संघ संस्थाहरुले गरेको तथ्याङकको आधारमा आएको पाईन्छ ।
यो उमेरमा हामी ले गर्ने लगानी महत्वपूर्ण हुन्छ । लगानी भन्ने बित्तिकै धेरैको मष्तिष्कमा आर्थिक लगानी भन्ने आउन सक्छ । प्रारम्भिक बाल्यवस्थामा लगानी गर्नु गरिबीको चक्र तोडनका लागि एउटा देशले गर्न सक्ने सबैभन्दा बुद्धिमतापूर्ण लगानी मध्ये एक हो । जुन सरकारले बालविकासमा गरिने लगानीले देखाउने परिणाम हो । बाल बालिकाले जीवनका सुरुआती वर्षहरुमा धेरै छिटो सिक्छन । उनीहरुलाई माया र हौसला दिनाले उनीहरुमा विश्वास र सुरक्षाको भावना विकास हुन्छ, जुन पछि र्हुिर्कदै जाँदा आत्मविश्वासमा परिणत हुन्छ । अभिभावकले गर्ने लगानी भनेको नै यहि हो । माया र हौसलाको लागि उनीहरुलाइ मनग्ये परिवेशको आवश्यकता पर्दछ । अहिलेका व्यस्त अभिभावकले बालबालिकाको यो उमेरका आवश्यकता लाई परिपूर्ति गर्न नसकेको अवस्था छ । त्यसैले पारिवारिक तथा शैक्षिक सिकाइ भएको उपयुत्त स्थान भनेको प्री स्कूल हो ।
आमा, घरपरिवार र प्रिस्कुल वालवालिकाको सिक्ने पहिलो स्थान हो । ५,६ वर्ष पुरा भए पछि मात्र वालवालिका विद्यालय जाने गर्छन । त्यसपछि उनीहरुको औपचारिक सिकाई शुरु हुन्छ । आमा त्यो सम्वन्ध हो जसको विकल्पमा अरु कुनै सम्वन्ध हुनै सक्दैन । त्यसैले आमाको जिम्मेवारी ठुलो छ । आफनो वालवालिका वावु नानीलाई सिकाउने प्रक्रियामा आमा बाबा र परिवारको ज्यादै ठुलो जिम्मेवारी हुने गर्दछ । त्यो जिम्मेवारी कसले कसरी निबार्ह गर्दछ भन्ने महत्वपुर्ण कुरा हो । हामीले हाम्रा बाबु नानीलाई कसरी हेर्दछौ कति महत्व दिन्छौ, कति लगानी गर्दछौ त्यसको उपलव्धी त्यसको परिणाम हामीले अवश्य पाउछौ । वालवालिकाको अगाडी रिसाई उनीहरुलाई गाली गर्ने, उनीहरुले केही भन्न खोजेको वेला वेवास्ता गर्ने, एक छिन पर्ख भन्ने, इच्छा विपरित खाना खुवाउने, डर त्रास देखाउने, झुटो वोल्ने, अनावश्क आश्वासन दिने अनि पुरा नगरिदिने, आर्को बाबु नानी संग तुलना गर्ने ,तर्साएर चुप गराउने जस्ता क्रियाकलापले हाम्रा बाबु नानीको विकासमा नकरात्मक असर पर्दछ । जसको परिणाम नराम्रो हुन जान्छ । त्यसैले हामीले असल र आर्दश अभिभावक बन्न सक्नु पर्दछ । त्यसको लागि उनीहरु संगै बस्ने, उनीहरुका कुरा सुन्ने, हास्ने, रमाउने, खुशी हुने र उनीहरुले गरेका कामलाई प्रोत्साहन दिनु पर्दछ । काखमा लिने माया गर्ने, सुमसुमाउने गर्नु पर्दछ । विहान भगवानलाई आरती, धुपवत्ती गर्दा भजन गर्दा पनि आफु संग राख्ने ध्यान योग गर्दा आफु संगै राख्ने गर्नु पर्दछ । तर तिमी पनि गर भनेर फोर्स गर्नु हुदैन ।
धुम्रपान र मद्यपान गर्दा उनीहरुको अगाडी गर्नु हुदैन । बाबु नानीको अगाडी मोवाइलमा ठुलो स्वरले बोल्ने, रिसाउने र लामो कुरा गर्नु हुदैन । यस्ता क्रियाकलापले नकरात्मक असर पर्दछ । त्यसैले नम्र र शिष्ट र मिठो बोली बाल बालिकाले हामी वाटै सिक्छ । यो सानो उमेरमा सिकेका कुरा पछि गए्र हामीले सुर्धाछु भन्दा धेरै समय लाग्छ ।
हिजो आज २ वर्ष पुगे पछि प्रिस्कुलमा पढाउने चलन छ । यो राम्रो कुरा हो । यो वालवालिकाको लागि अवसर हो । प्रिस्कुलमा पढाउनु पर्दछ । तर पढाउनु भन्दा पहिला त्यस स्कुलका वारेमा राम्रा कुरा जस्तै त्यहा टिचर हुनु हुन्छ हजुरलाई माया गर्नु हुन्छ । मिठो खाना खान दिनु हुन्छ । कथा र गीत सुनाउनु हुन्छ । हजुर जस्तै साथीहरु हुँन्छन । साथी संग खेल्दा रमाइलो हुन्छ । साथी संग मिलेर खेल्नु पर्दछ भन्ने जस्ता सकरात्मक कुरा भनेर मात्र प्रिस्कुल पठाउनु पर्दछ । त्यस्तै सरसफाईले आत्म विश्वास बढछ त्यसैले प्रिस्कुल पठाउदा सरसफाई गरेर सजिलो जुत्ता र लुगा लगाएर पठाउनु पर्दछ र छोडेर आउने वेलामा हासेर वाइ गर्नु पर्दछ । यस्ता क्रियाकलाप गर्न सकेमा हाम्रा बाबु नानीलाई घरमा र स्कुलमा सहज हुन्छ । सिक्नको लागि उत्प्रेरित हुन्छन । साना बाबु नानी रोएमा तलाई पुलीस बोलाइदिन्छु, भूत आउँछ जस्ता भनाई कहिले पनि भन्न हुदैन । खुला आकास देखाउने, रुख, चरा, हिमाल पूmलहरु देखाउने गरेमा उनीहरुमा सकारात्मक धारणा आउदछ ।
माया ममता, समय , हौसला र प्रोत्साहनका साथै पौष्टिक आहार र स्वास्थय सेवा पाएमा बाल बालिकाको बृद्धि सिकाइ र विकास छिटो हुन्छ । हामीले बाल बालिकाको विकासमा यिनै कूराहरुमा ध्यान दिनु जरुरी छ । बालबालिकामा गरिएको लगानी खेर जांदैन यसको प्रतिफल घर परिवार समाज हुदै समग्र राष्ट्रले पाउछ त्यसैले भनिएकोछ दीर्घकालीन विकास हासिल गर्न प्ररम्भिक बाल विकास लक्षित पहलहरुमा लगानी गर्नु सबैभन्दा किफायती लगानीका तरिकामध्ये एक हो भन्ने विज्ञ अर्थशास्त्रीहरुको निचोड छ । त्यसैले बाल बालिकालाइ असल बनाउन अभिभावक, परिवार राष्ट्रको उत्तिकै जिम्मेवारि छ । हामीले कुनै वालवालीकाहरुलाई प्रि स्कुलमा पठाएर मात्र हुदैन उनीहरुले सिकाइमा कस्तो प्रगती गरेको छ वा छैन के समस्या पो छ की त्यसको बारेमा पनि हामीले समयमै जानकारी लिने र वालावालीकाहरु घरमा रहदा सधै सकरात्मक कुरा र ज्ञानगुनका कुरा गर्ने गर्नु पर्दछ ।





