पोखरा-
शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखरा र स्थानीय शान्ति समिति, कास्कीको आयोजनामा The sustainbale Development Goals : Building Blocks for Peac र Sustinable Peace : Foundatin for National Development “दिगो शान्ति : राष्ट्र निर्माणको आधार” भन्ने मूल नाराका साथ ३५ औं अन्तर्राष्ट्रिय शान्ति दिवस ०७३ असोज ५ गते तदनुसार २१ सेप्टेम्बर २०१६ का दिन मानवअधिकारचोक, पोखरामा सम्पन्न भएको छ ।
प्रमुख अतिथि एवं जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले समाजमा रहेको विभेद, सुशासन अभावले गर्दा उत्पन्न द्वन्द्वले समाजमा अशान्ति फैलिएको बताउदै शान्ति प्रर्वद्धन गर्ने काम भनेको एक राष्ट्रमा मात्र सिमित नभई विश्वभरीनै आवस्यक पर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामजी बराल, जिल्ला विकास समिति, कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारी, राष्ट्रिय मानवअधिकार आयोग, क्षेत्रीय कार्यालय, पोखराका निमित्त निर्देशक सूर्य वहादुर देउजा, महिला मानवअधिकार रक्षक सञ्जाल, कास्कीका जानकीदेवी शर्मा लगायतले दिगो शान्ति विना मुलुकमा विकास र सम्बृद्धीको सम्भावना नभएकाले दिगो शान्ति स्थापनामा जुटन सबैलाई आग्रह गदै शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, मानवअधिकारकर्मी र संचारकर्मीहरूको सहभागीता रहेको थियो ।
स्थानीय शान्ति समिति, कास्कीका संयोजक कृष्ण के.सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य शान्तिका लागि नागरिक समाजको सञ्जाल, कास्कीका संयोजक ढाकाराम पौडेल र संचालन इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय,पोखराका क्षेत्रीय संयोजक शिवप्रसाद खकुरेलले गर्नु भएको थियो ।





