सप्तकोसीमा डुङ्गा सञ्चालनमा रोक

इनरुवा –

सप्तकोसी नदीमा तत्कालका लागि डुङ्गा सञ्चालनमा रोक लगाइएको छ ।

बारम्बार दुर्घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले डुङ्गा सञ्चालनमा रोक लगाएको हो । जिल्ला सुरक्षा समितिको बैठकले डुंगा सञ्चालनलाई व्यवस्थित बनाउन अर्को निर्णय नहुञ्जेलसम्मका रोक लगाउने निर्णय गरिएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

जिल्लाको श्रीलङ्का टापुबाट प्रकाशपुरतर्फ आउँदै गरेको डुङ्गा शनिबार सप्तकोसीमा दुर्घटना हुँदा बेपत्ता भएकामध्ये नौ जनाको अवस्था अझै अज्ञात छ । बेपत्ताको खोजी जारिरहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button