
पोखरा न्यूज। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो। मंगलबार बजारमा प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ९१ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज बुधबार गत मंगलबारको मूल्यमा तोलामा २०० रुपैयाँले सस्तिएर ९० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यता, चाँदी पनि तोलामा १० रुपैयाँले घटेर एक हजार १९५ रुपैयाँमा कोरोबार भइरहेको छ ।





