
पोखरा न्यूज । कास्की प्रहरीले पोखरामा महिलाहरूलाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पोखराका विभिन्न होटलमा तथा कोठा भाडामा लिएर महिलाहरूलाई जबरजस्ती वेश्यावृत्ति कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पोखरा ७ मुस्ताङ चोक घर भई रातोपहिरा बस्ने वर्ष ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक -६ ठूलीधारा घर भई पोखरा ६ जरेबर बस्ने २२ वर्षीया पूजा थापा मगर र बाँके चिसापानी- ९ घर भई जरेबर बस्ने २२ वर्षीय विशाल योगी रहेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।
उनीहरूलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा ८ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





