सुनको मूल्य एक लाख एक सय

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने स्थिर छ ।

आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button