पोखरा महानगरपालिकामा कांग्रेसका सुरेन्द्रमान विजुक्छे गठबन्धनबाट उपमेयर

पोखरा । नेपाली कांग्रेसले मनोनयनको केही घण्टा मात्रै बाँकी छँदा कास्कीका पालिकाहरूमा उम्मेद्वार टुंग्याएको छ ।

पोखरा महानगरपालिकामा गठबन्धनबाट उपमेयर पाउने कांग्रेसले सुरेन्द्रमान विजुक्छेलाई उठाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा युवराज कुँवर दोहोरिने हुनुभएकाे छ ।

कास्कीको एउटा मात्र पालिका अध्यक्ष उहाँले जित्नुभएकाे थियाे ।

कुँवरलाई पुनः अध्यक्ष बनाउने निर्णय कास्की कांग्रेसले गरेको हो ।

अन्नपूर्णको उपाध्यक्षमा पनि यसअघि पराजित खीमकुमारी गुरुङलाई उठाउने भएको छ ।

मादीको अध्यक्षमा मतदानबाट देवीजंग गुरुङ उम्मेद्वार बनिसक्नुभएकाे छभने उपाध्यक्षमा इन्दिरा सापकोटा (मीना), माछापुच्छ्रे गाउँपाकिलाको अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारीलाई अघि सारिएको छ ।

रुपा गाउँपालिका अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठले टिकट पाउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button