पोखरामा काँग्रेस कार्यकर्ताबाट पार्टी कार्यालय तोडफोड, २४ जना पक्राउ

प्रदेश सभापति शर्माको कार्यकक्ष तोडफोडमा उत्रिए कार्यकर्ता

पोखरा, १५ वैशाख । गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका काँग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् ।

आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएका हुन् ।

उनीहरूले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा रहेको फर्निचर फुटाएका छन् । तोडफोडमा उत्रिएको भन्दै कास्की प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । काँग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारलाई माथिको निर्देशन भन्दै फिर्ता लिन आग्रह गरेपछि कार्यकर्ता आक्रोशित भएका हुन् ।

आफैले तोडफोड गरेको स्वीकारेका कारण उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

काँग्रेसले यसअघि ३३ वटै वडामा आफ्नो प्यानल उठाएको थियो । तर अहिले गठबन्धन हुने ठाउँमा उम्मेदवारी फिर्ता लिन लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button