गृहमन्त्री श्रेष्ठ मङ्गलबार चीन जाँदै

उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ मङ्गलबार चीन जाने भएका छन् ।

मन्त्री श्रेष्ठ चार दिने भ्रमणका लागि चीन जान लागेका हुन् । उनी चीनको छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रुपमा सहभागी हुन त्यसतर्फ जान लागेको जनाइएको छ । भ्रमणदलमा गृह मन्त्रालयका सहसचिवसहित सात सदस्यीय टोलीसहित रहनेछन् ।

उनी चार दिनसम्मै छेन्दुमै रहेर भेटघाट तथा त्यहाँको विश्वविद्यालय अवलोकन गर्ने तालिका रहेको जनाइएको छ । श्रेष्ठ शुक्रवार स्वदेश फर्कनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button