
तनहुँ । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिको अध्यक्षमा भगवान श्रेष्ठ निर्वाचित भएका छन् ।
समितिको बिहीबार सम्पन्न २८औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपसभापतिमा काजी थापा, सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्षमा राजकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए ।
समितिको कार्यसमिति सदस्यहरुमा प्रमोद वाग्ले, मनोज श्रेष्ठ, किशान श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, राजु थापा, सोमबहादुर दर्लामी, रामकृष्ण श्रेष्ठ, तुलसी पौडेल खनाल, रेजिना श्रेष्ठ, गोवर्धन विक, शिव खनाल निर्वाचित भएका छन् ।
साधारणसभाले जिल्ला प्रतिनिधिमा दीपक बाबु थापा र वासुदेव पुडासैनीलाई चयन गरिएको बताइएको छ ।





