
पोखरा । सेती नदीमा पानीको बाहव बढेर बस्ती नै जोखिममा परेपछि पोखरा महानगरपालिका वडा नं. १४ गोस्टीटोलका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
सेती नदी किनारमा बसोबास गर्दै आएका ५ घरधुरीका २३ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरु सर्बलाई सम्पूर्ण सामाग्रीसहित गोस्टी टोल विकास संस्थाको भवनमा राखिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
गोस्टी टोलका बिष्णुमाया सुनुवारको ५ जना, डोल्मा शेर्पाको ७ जना, शुकदेव गुरुङको ४ जना, डावा शेर्पाको ४ जना र काजी शेर्पाको ३ जनाको परिवारलाई टोल विकास संस्थाको भवनमा स्थानान्तरण गरिएको डीएसपी शर्माले जानकारी दिए ।





