
काठमाडौँ । भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ कासुवासका सुवास तामाङ छन् ।
मध्यपुर थिमी नगरपालिका-४ स्थित नयाँ थिमीमा बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिप्परले तामाङ सवार बा.४ ख २९०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा तामाङ गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार काभ्रेको महाकाल गाउँपालिका घर भएका सञ्जीव थापा मगरको उपचार भइरहेकाे छ ।
टिप्पर चालक २८ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । राई काभ्रेको मण्डन देउपुर गाउँपालिका-६ निवासी हुन् ।





