
तुलसीपुर । दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ ।
शुक्रबनर साँझ ७ः३० बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो कालाखोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।
तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो ।
अटोमा सवार पाँच जनामध्ये तीन जना सकुशल रहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।





