
पोखरा । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको सरुवा भएको छ ।
गृह मन्त्रालयले ढकालको म्याग्दीमा सरुवा भएको हो ।
उनलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ ।
म्याग्दीमा प्रजिअको पद केही समयदेखि खाली थियो ।
ढकालको स्थानमा कास्कीको सहायक प्रजिअमा शिव लम्साल आउने भएका छन् ।
लम्साल गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत थिए ।





