आलु महोत्सवमा २५ लाखको कारोवार, आलुको पहाडमा तस्विर खिच्नेको भीड

पोखरा। १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मंगलबारसम्म  २५ हजार  बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी २५ लाखको कारोवार भएको छ ।

आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले महोत्सवमा हालसम्म २५ लाखको कारोवार भएको र त्यसमध्ये ५ लाख रुपैँया बढीको आलुको कारोवार भएको बताए । महोत्सव अवलोकन गर्ने मध्येबाट ४ सय ५० घरपरिवारले आलु खरिद गरी लगेको तिम्सिनाको भनाई छ  ।

महोत्सवमा आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेका छन् ।

महोत्सव अन्तर्गत मंगलबार आज रत्यौली गीत प्रतियोगिता सुरु गरिनुका साथै कलाकारहरु खुमन अधिकारी, जीवन दाहाल, नविन पौडेल, नविना सुवेदी, अमर धिताल, परशुराम अधिकारी, शान्ता बर्देवा, हास्य कलाकार दिपक थापाका प्रस्तुतिहरु रहे ।त्यस्तै भोली बुधबार कलाकारहरु ज्योति मगर, जीवन दाहाल, रामजी पौडेल, तुलसा क्षत्री, सुमन खड्का, परशुराम अधिकारी, दुर्गा क्षत्री तथा हास्य कलाकारहरु युवराज भण्डारी र राजेन्द्र नेपालीका प्रस्तुतिहरु रहने मूल आयोजक समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

यहि चैत २४ गतेबाट सुरु महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button