इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल कारबाही नहुने

पोखरा । इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल कारबाही नहुने भएको छ ।

यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै असोज १ गतेभित्र नम्बर प्लेट जडान नगरे जरिवाना लाग्ने भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ ।

विभागले सवारीधनीलाई आफूलाई अनुकूल समयमा दर्ता कार्यालयमा गई स्वतःस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ ।

विभागका महानिर्देशक राजिव पोखरेलले तुरुन्त जरिवाना वा कारबाही गर्ने भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button