
पोखरा। पोखराको मुस्ताङचोकलाई शनिबार औपचारिक रूपमा “जेन–जी चोक” नामाकरण गरिएको छ।
नामाकरणलाई केवल स्थानगत परिवर्तन नभई सामाजिक चेतना र रूपान्तरणको प्रतीकका रूपमा अर्थाइएकाे छ।
आयोजकहरूका अनुसार चोकमा स्थापना गरिएको रगतले लतपतिएको जुत्ताको प्रतिमा ऐतिहासिक क्षणलाई सम्झाउने स्मारक बनेको छ।
यो प्रतिमालाई भविष्यका पुस्तालाई संघर्ष, त्याग र न्यायका लागि उभिएको पुस्ताको कथा सुनाउने माध्यमका रूपमा कायम राख्न खोजिएको छ ।