बालेन साह प्रधानमन्त्री नियुक्त

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा शाहलाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। संविधान जारी भएपछि उक्त धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त गरिएको यो पहिलो घटना हो ।

यससँगै मधेशी समुदायबाट  कुनै व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो  । काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएपछि फागुन २१ मा सम्पन्न निर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गरेका शाह पहिलो कार्यकालमै प्रधानमन्त्री बन्न सफल भएका हुन्।

नवनियुक्त प्रधानमन्त्री शाहले आज मध्यान्ह १२:३४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button