बैशाख १ देखि पोखरा विमानस्थलबाट निःशुल्क सटल बस सेवा

पोखरा । पोखरा महानगरपालिकाले नयाँ वर्षको अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरशिह चोकसम्म सुविधासम्पन्न इलेक्ट्रिक सटल बस सेवा सञ्चालनमा ल्याउने भएको छ। महानगरका मेयर धनराज आचार्यका अनुसार उक्त सेवा भोलि  बैशाख १ गतेदेखि सुरु हुने छ।

मेयर आचार्यका अनुसार महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था तथा मोटर सञ्चालन कम्पनीहरूको साझेदारीमा यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो। पाइलट कार्यक्रमका रूपमा आगामी आषाढ मसान्तसम्म सटल बस सेवा निःशुल्क रूपमा सञ्चालन गरिने छ ।

महानगरले साउनबाट भने स्थानीय व्यवसायीहरूको सहकार्यमा न्यूनतम शुल्कमा सेवा निरन्तर सञ्चालन गर्ने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button