पोखरामा ३ लाख बढी नगद र अमेरिकी डलरसहित ९ जुवाडे पक्राउ

पोखरा । कास्की प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो करिब साढे ४ बजे पोखरा –२६ बरालडाँडामा जुवातास खेलिरहेको अवस्थामा ३ लाख बढी नेपाली रुपैया र अमेरिकी डलरसहित उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर गणेश पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की तथा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूबाट नगद ३ लाख १९ हजार ४३५ रुपैयाँ, अमेरिकी डलर १३४ र चार बुक तास बरामद गरिएको पाण्डेले जानकारी दिए ।

पक्राउ परेकामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button