
पोखरा न्यूज । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा सोमबार राति भएको सवारी दुर्घटनामा ३४ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब साढे ११ बजे काठमाडौँबाट पोखराहुदैँ बाग्लुङ तर्फ जाँदै गरेको बसले सडकमा रोकिराखिएको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो। त्यसपछि सोही दिशाबाट आइरहेको बीरगंजका लागि छुटेको अर्को बससमेत दुर्घटनामा परेको हो।
दुर्घटनामा बा.प्र.०१–००६ ख ७४९९ नम्बरको बस, बा.प्र.०१–००६ ख ६७१६ नम्बरको बस र बा.प्र.०३–००१–००६ ख २०५६ नम्बरको ट्रक संलग्न रहेका प्रहरीले जनाएको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी तथा स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो।
प्रहरीका अनुसार तीनवटै सवारी साधनमा गरी ६८ जना यात्रु सवार थिए। घाइतेमध्ये केहीको बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा प्रारम्भिक उपचार गरिएको थियो भने २८ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। अन्य ६ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न तीन सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बा.प्र.०१–००६ ख ७४९९ नम्बरको बसका चालक कुश्मा २ का ३२ वर्षीय शिव थापा, बा.प्र.०१–००६ ख ६७१६ नम्बरको बसका चालक ललितपुर ७ का ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा, र ट्रक चालक रौतहट गुजारा -२ का २८ वर्षीय प्रोमोद चौधरी लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
घाइतेहरुको विवरण






