कास्की प्रदेशसभा क्षेत्र नम्बर ३ ख मा नेकपा एमालेका राजिब पहारी बिजयी भएका छन ।
वाम गठवन्दन अन्तर्गतका नेकपा एमालेका उम्मेदवार पहारीले पाँच हजार २९१ मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार भोज बहादुर गुरुङलाई पराजित गरेका हुन।
वाम गठवन्दनका पहारीले १६ हजार १ सय ६७ मत प्राप्त मत ल्याउदा लोकतान्त्रिक गठबन्धनका गुरुङले १० हजार ८ सय ७६ मत ल्याएका हुन ।
प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ सिट गरि कुल ९ सिट रहेको कास्कीमा वाम गठवन्दनले ६ सिट हात परेको छ भने कांग्रेसले १ सिट जितेको छ । भने अन्य २ सिटमा वाम गठवन्दनले अग्रता कायम गरेको छ ।
यसअघी कास्कीमा प्रदेशसभा क्षेत्र नम्बर २ ख बाट नेपाली कांग्रेसका बिन्दु कुमार थापा , क्षेत्र नम्बर २ क बाट नेकपा एमालेका कृष्ण थापा, क्षेत्र नम्बर १ ख मा नेकपा एमालेका मन बहादुर गुरुङ, क्षेत्र नम्बर १ क मा नेकपा माओबादी केन्द्रका दिपक कोइराला तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका रबिन्द्र अधिकारी र प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका जगत विश्वकर्मा बिजयी भईसकेका छन ।