कास्कीको ३ ख मा नेकपा एमालेका राजिब पहारी बिजयी

कास्की प्रदेशसभा क्षेत्र नम्बर ३ ख मा नेकपा एमालेका राजिब पहारी बिजयी भएका छन ।

वाम गठवन्दन अन्तर्गतका नेकपा एमालेका उम्मेदवार पहारीले पाँच  हजार २९१  मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार भोज बहादुर गुरुङलाई  पराजित गरेका हुन।

वाम गठवन्दनका पहारीले १६ हजार १ सय ६७ मत प्राप्त मत ल्याउदा लोकतान्त्रिक गठबन्धनका  गुरुङले १० हजार ८ सय ७६ मत ल्याएका हुन ।

प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ सिट गरि कुल ९ सिट रहेको कास्कीमा वाम गठवन्दनले ६  सिट हात परेको छ भने कांग्रेसले १ सिट जितेको छ । भने अन्य २  सिटमा वाम गठवन्दनले अग्रता कायम गरेको छ ।

यसअघी कास्कीमा प्रदेशसभा क्षेत्र नम्बर २ ख बाट नेपाली कांग्रेसका बिन्दु कुमार थापा ,  क्षेत्र नम्बर २ क बाट नेकपा एमालेका कृष्ण थापा,  क्षेत्र नम्बर १ ख मा नेकपा एमालेका मन बहादुर गुरुङ, क्षेत्र नम्बर १ क  मा नेकपा माओबादी केन्द्रका दिपक कोइराला  तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका रबिन्द्र अधिकारी र प्रतिनिधि सभा क्षेत्र नम्बर ३  मा नेकपा एमालेका जगत विश्वकर्मा बिजयी भईसकेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button