मदन भण्डारी एकेडेमीले १-१ लाख थपिदिने
पोखरा न्युज – ०७ फागुन ।
विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३/३ लाख रुपैयाँ दिने भएको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक-एक लाख रुपैयाँ थप्ने भएको छ ।
क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३/३ लाख दिने बताए ।
यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गरेका छन् ।
नामिबियामा भएको डिभिजन टूमा उपविजेता बनेको नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । विश्वकप छनोट खेल्न नेपाली टोली शनिबार जिम्बावे जाने कार्यक्रम छ ।
स्रोत : अनलाइनखबर