पोखरा न्यूज -०७ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका -६ हल्लनचोकमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
सोमबार बिहान करिब ७ बजे हल्लनचोकमा ग १ त ४१९८ नम्बरको ट्याक्टरले ग ९ प ५७१५ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार ३ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा धादिङको बेनिघाट बस्ने २१ बर्षीय रञ्जन कडेल, चितवन माडी बस्ने १२ बर्षीय निश्चल आलेमगर र म्याग्दी बेनी ४ बस्ने ६ बर्षीय एन्जल पुन रहेको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्याल
ले जानकारी दिए ।
घाइतेहरुको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेको र खोजिकार्य जारि रहेको प्रहरीले उल्लेख गरेको छ ।