पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा न्यूज -१२, साउन । 

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा जिवन गुरुङ चयन भएका छन ।

शनिबार सम्पन्न संघको दोश्रो अधिवेशनले जिवन गुरुङलाई अध्यक्षमा सर्व सम्मत चयन गरेको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा विरेन्द्र केसी, महिला उपाध्यक्षमा दुर्गा गुरुङ, महासचिवमा चोलेन्द्र पौडेल, कोषाध्यक्षमा जय कुमार परियार र सचिवमा मनोज भट्ट चयन भएका छन । संघको सदस्यहरुमा अमृत गुरुङ, बेद बहादुर गुरुङ, चन्द्र दर्नाल, कृष्ण गुरुङ, भानुभक्त पौडेल, ठागु गुरुङ र सुरज शाह चयन भएका छन ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायीहरुले आफ्नो पेशालाई मर्यादित बनाएर दोहोरीको संरक्षणमा लाग्नुपर्ने बताए । प्रहरी प्रमुख रानाले लोकदोहोरी रेष्टुरेण्ट सञ्चालकहरुले आफ्नो पेशालाई मर्यादित बनाएर समाजमा असर नपर्ने गरी ब्यवशायी सञ्चालन गर्दै लोकदोहोरीलाई बचाइराख्न आग्रह समेत गरे । पछिल्लो समय कही कतै दोहोरी तथा रेष्टुरेण्टहरुले साउण्ड प्रुफ नभएको भन्ने गुनासो आएकाले त्यस्ता काम तुरुन्त बन्द गर्न आग्रह गर्दै प्रहरी प्रमुख रानाले दोहोरी तथा रेष्टुरेण्ट सञ्चालकहरुले आफ्नो ब्यवशायको सुरक्षाको लागी पनि सिसी क्यामेरा जडान गरी स्वस्थकर खाना ग्राहकलाई प्रदान गर्न समेत आग्रह गरे ।

त्यसैगरी पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघका सल्लाहकार रविन्द्र बहादुर प्रजुले लोकदोहोरीको संरक्षणमा ब्यवशायीको ठूलो भुमिका रहेकाले आगामी दिनमा अझै लोक संस्कृतीको संरक्षण र जगेर्ना गर्न तर्फ संघले भुमिका खेल्नुपर्नेमा जोड दिए । संघका कानुनी सल्लाहकार सुरेन्द्र थापा मगरले लोक संस्कृतीको संरक्षण र प्रवद्धनमा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायीको भुमिका उल्लेखनीय रहेको बताउदै लोक संस्कृतीको संरक्षणमा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायीहरु मर्यादित बनेर लाग्नुपर्नेमा जोड दिए ।

लोकदोहोरी प्रतिष्ठान गण्डकी अञ्चलका अध्यक्ष शंकर विरही गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालित लोकदोहोरी रेष्टुरेण्टहरुले लोकदोहोरीको उद्गम थलो गण्डकी प्रदेशलाई चिनाउने गरी काम गर्न तर्फ अगाडी बढ्नुपर्नेमा जोड दिए । संघका निवर्तमान अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रको कार्यक्रम सञ्चालन सचिव जिवन गुरुङले गरेका थिए भने सहसचिव विरेन्द्र केसीले स्वागत मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button