पोखरा न्यूज – २३, असोज ।
पोखराको लेकसाइडमा होटल व्यवसाय संचालन गर्दै आएका एक युवा माथि छुरा प्रहार गर्ने बिदेशी नागरिक पक्राउ परेका छन।
होटल व्यवसायी ३४ बर्षका सुरज श्रेष्ठ माथि छुरा प्रहार गर्ने अष्ट्रीयाका ३४ बर्षीय डोमिनीकलाई प्रहीले पक्राउ गरेको हो । पोखराको सेदीबगरमा हिजो साँझ सामान्य भनाभन पछि डोमिनीकले होटल व्यवसायी श्रेष्ठ माथि छुरा प्रहार गरी फरार भएकोमा वडा प्रहरी कार्यालय बैदामको टोलीले गएराति २ बजे छुरा प्रहार गर्ने विदेशीलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक (डि.एस.पी.) नविन कार्कीले बताए ।
छुरा प्रहार भएका श्रेष्ठको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । घाइते श्रेष्ठ हाल खतरा मुक्त रहेको अस्पताल श्रोतले जनाएको छ ।
काठमाण्डौं स्थायी घर भएका घाइते श्रेष्ठको छाती र घाटीमा चोट लागेको छ ।