डिएनबी, पोखरा न्यूज- १४, माघ ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले देशमा हाल शिक्षा क्षेत्र लथालिङ्ग अबस्थामा रहेको बताएका छन् । पोखरा महानगरपालिका २२, पुम्दी भुम्दी स्थित शुक्रराज माविको स्वर्ण महोत्सवको सोमबार उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले देशमा सबैरै लगानी भएको शिक्षा क्षेत्र हाल सवै भन्दा बढी लथालिङ्ग भएको अबस्थामा रहेको बताएका हुन् ।
उनले गुणस्तरिय, प्राविधिक र सीपमुलक शिक्षा प्रणाली विना हाल देशमा भएको सामान्य अध्ययन गर्ने शिक्षा प्रणालीले सटिफिकेट हातमा भएर मात्र युवा बिद्यार्थीहरु आत्मनिर्भर बन्न नसक्ने दाबी गरे । बिद्यार्थीहरु आत्मनिर्भर बन्न नसक्दा दक्ष जनशक्ति बाहिरिने र दक्ष जनशक्ति बाहिरबाट आयात गर्दा अरबौं रकम बाहिरिने समस्या रहेको मुख्य मन्त्रीको भनाई थियो । देशमा हाल रहेको दुई प्रकारको शिक्षा निती परिवर्तन नभएसम्म प्रदेश सहित देशको आर्थिक विकास हुन नसक्ने उनले दाबी गरे ।
उनले भने “ कुनै सामुदायिक बिद्यालयमा ४ बिद्यार्थी ६ जना शिक्षक पनि छन्, अब यस्ता बिद्यालयहरुलाई मर्ज गरी धेरै टाडाबाट अध्ययन गर्नु पर्ने अबस्थामा बिद्यालय गाभेर अन्य बिद्यालयको खर्चले बिद्यार्थीलाई आवासिय सहितको शिक्षा हुने गरी शिक्षा निती परिवर्तन गर्नुपर्छ । ” दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा, आधुनिक शिक्षा, व्यवसायीक शिक्षामा लैजान प्रदेश सरकारले शिक्षा निती परिवर्तन गर्ने तयारी गरेको समेत उनले बताए । उनले भने “देशमा शिक्षा क्षेत्रमा जति धेरै लगानी भएको छ, त्यति धेरै नै यस क्षेत्रमा समस्या रहेका छन, अबको शिक्षा निती परिवर्तन गरी एकै प्रकारको शिक्षा प्रणाली लागु गर्नु देखिन्छ, निजी क्षेत्रको शिक्षालाई अब बिस्तारै ट्रस हुदै सामुदायिक शिक्षा प्रणालीमा लैजानु पर्छ । ”
यस बर्ष नेपालबाट गुणस्तरिय शिक्षा हासिल गर्न १२ अर्ब विदेशीनु नेपालको लागि काली लाग्दो अबस्था रहेको उनले उल्लेख गरे । अष्ट्रेलियाले शिक्षाबाट आफ्नो कुलग्राहस्त उत्पादनको तेश्रो स्थान लिदा नेपालबाट अध्ययन गर्न जाने मुलुक मध्य तेश्रो नेपाल पर्ने मुख्य मन्त्री गुरुङले बताए । लमजुङ जिल्लाको एक उदाहरण दिदै मुख्य मन्त्री गुरुङले लमजुङमा ७ वटा क्याम्पस भएकोमा हाल छोरी तथा बुहारी मात्र अध्ययन गर्ने गरेकोले अहिलेको सामान्य शिक्षा प्रणालीले व्यक्तिमा रोजगार, व्यवसायी बन्न नसक्दा छोराहरु रोजगारको लागि बजारमा त केही विदेश जाने गरेको बताएका हुन् । गण्डकी प्रदेशमा गण्डकी प्राविधिक महाबिद्यालय स्थापना गर्ने उनले दाबी गरे ।
समयको माग अनुसार, प्राविधिक तथा सिप मुलक शिक्षा हासिल गर्न दक्षिण एसियाकै उत्कृष्ट मध्यको एक हुने गरी अर्बै खर्च लाग्ने उक्त प्रोजेक्ट केहि बर्ष ढिला भए पनि स्थापना गरेरै छाड्ने उनको दाबी छ । उक्त अवसरमा बिद्यालयका संस्थापक खेमराज पौडेल, एकराज बराल, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद राम्जी बराल, पुर्व अध्यक्ष दुर्गा बहादुर गुरुङ, केशव पौडेल, हिमलाल बराल, शुक्रराज बराल, निर्मला गुरुङ, बिद्यालयका प्रध्यानाध्यापक नरनाथ बराल लगायतका सम्मानित भएकाछन् । गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले सम्मान पत्रको साथमा दोसला ओढाएर सम्मान गरेका हुन् ।
पोखराका उद्योगपति चन्द्रकान्त बरालले विद्यालयमा सहिद शुक्रराज शास्त्रीको अर्धकदको शालिक निमार्ण गरेकोमा उनलाई समेत सम्मान गरिएको थियो । उक्त सालिकको समेत मुख्य मन्त्री गुरुङले अनावरण गरेका हुन् । साथै बिद्यालयमा मुल गेट समेत निमार्ण गरिएको छ । उक्त कार्यक्रमको औपचारिक उद्घाटन बिहान ११ बजे गर्ने भनि पुर्व घोषणा गरे पनि मुख्य मन्त्री गुरुङ करिब ४ घण्टा ढिलो कार्यक्रम स्थपमा पुगेका थिए । बिद्यार्थी तथा शिक्षक एवं अभिभावकले मुख्य मन्त्री गुरुङलाई स्वागत गर्न फुल माला लिर उनको बाटो हेर्दै घण्टौं लाईनमा बसेका थिए ।
बिद्यालयमा हाल नर्सरी देखि १० कक्षासम्म अग्रेंजी माध्यमबाट अध्ययन हुने गरेको छ ।
प्लस टुमा व्यबस्थापन र शिक्षा संकाय रहेको छ भने विद्यालयमा हाल प्राविधिक शिक्षा अन्र्तगत पशु विज्ञान भेटेरिनरी कोर्ष संचालन हुदै आएको छ । बिद्यालयको स्वर्ण महोत्सव सम्पन्न गर्न करिब २० लाख रुपैया आर्थिक सहयोग संकलन भएको छ । बिद्यालय स्थापनाको ५० औं बर्ष गाँठको अवसरमा बिद्यालयले यस बर्ष भरी स्वर्ण महोत्सव मनाउदै गरेको सन्दर्भमा उक्त महोत्सवलाई सफल पार्न विदेशी तथा स्वदेशी सहयोगी दाताबाट उक्त रकम सङ्कलन भएको विद्यालयका प्राचार्य नरनाथ बरालले बताए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले सामुदायिक विद्यालयमा देखिएको चुनौतीलाई सामान गर्न राज्यले थप लगानी गर्नुपर्ने बताए
त्यसै गरी बिद्यालय र शिक्षा सम्बन्धि करिब दुई सय पृष्ठको स्मारिका प्रकाशन समेत गरिएको छ । उक्त स्मारिका समेत गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले विमोचन गरेको स्मारिका प्रकासन उपसमितिका संयोजक लिलाधर पौडेलले बताए । त्यसै गरी विद्यालयको स्वर्ण महोत्सव माघ १६ गतेसम्म चल्ने भएको शिक्षक चन्द्रप्रसाद पौडेलले बताए ।