डिएनबी, पोखरा न्यूज ८, फागुन ।
देश भरका पत्रकार पोखरामा भेला हुने भएका छन्। नेपाल पत्रकार महासंघको साधारण सभा तथा विधान अधिवेसनको लागि सहभागि हुन देशभरका पत्रकार बिहिबार पोखरामा भेला हुने भएका हुन्।
नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना, संघ कास्कीको व्यबस्थापनमा फागुन ९ र १० गते पोखरामा हुने उक्त कार्यक्रमको तयारी अन्तिम तयारी पुरा भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । देश भरका ७७ वटै जिल्लाबाट १ हजार ४ सय पत्रकार पोखरामा सहभागि हुने भएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार उक्त अधिवेसनको लागि पोखरामा करिब ६ सय ५० वटा होटलका रुममा व्यबस्थापन गर्ने गरि तयारी गरिएको छ ।
कार्यक्रम सफल पार्न विभिन्न २७ वटा उपसमितिहरुले आ–आफ्नो जिम्मेवार वहन गर्दै गरेको अध्यक्ष श्रेष्ठले बताए । बिहिबार पोखरामा नौमती बाजागाँजा सहित झाँकी प्रर्दश गरिने भएको छ । कार्यक्रममा करिब १० जनजातिको झाँकी प्रदर्शन गर्ने तयारी गरिएको महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले बताईन् ।
उक्त अधिवेशनको प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले गर्ने कार्यक्रम तय गरिएको महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले बताए । कार्यक्रमको अवसरमा गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन बर्ष २०१९ घोषणा गरिने भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले देश पुनः संरचनामा गएसंगै महासंघमा पनि पुनः संरचनाको खाका अधिवेसनले तयार गर्ने बताए । उनले श्रमजिवि पत्रकारको मुद्धामा नझुक्ने जनाए । श्रमजिवी ऐन कान्वयन गराउने तर्फ उन्मुख भएको अध्यक्ष आचार्यले बताए ।
राज्यले संरक्षण निती बनाउको लागि अधिवेसनले शाखा बनाउने बताउदै अध्यक्ष आचार्यले स्वरोजगार मुलक मिडिया बनाउने तर्फ उन्मुख हुने जनाए । उनले भने “प्रेस स्वतन्त्रता बिरोधी कानुन बनेमा सघर्ष गर्ने छौं, पत्रकारले आन्तरिक रुपमा पश्केका समचार सामाग्रिको बारेमा स्वयम नियमन आफै गर्ने गर्नु पर्छ । ” अरुले हस्तक्षेप गर्न नपाउने गरी महासंघको संस्थागत विकास र शाखा बजमुद पार्न खाका तयार गर्ने लगायतका योजना बनाउने उनले बताए । अधिवेशनले निर्वाचन प्रणाली मार्फत एकै दिनमा जिल्ला, प्रदेश, केन्दीय अधिवेशन हुने गरी शाखा तयार पार्ने मुख्य मुद्धा रहने भएको छ ।
उक्त कार्यक्रम सम्पन्न गर्न करिब ६० लाख खर्च लाग्ने बताईएको छ ।