पोखरा न्यूज – १२, चैत । नेत्र विक्रम चन्द विप्लव माओबादीका तमुवान जनपरिषद गण्डकी प्रदेशका इन्चार्ज किसानसिंह गुरुङ पक्राउ परेका छन्। गुरुङ पोखराको रिठ्ठेपानीबाट आज पक्राउ परेको स्रोतले जनाएको छ । गोप्य सुचनाको आधारमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको बताईन्छ ।
कास्की प्रहरीले नेत्र विक्रम चन्द विप्लव माओबादीका नेता तथा कार्यकर्ताको खोजी कार्य गरिरहेको छ । नेपाल सरकारले नेत्र विक्रम चन्द विप्लव माओबादीलाई पार्टी प्रतिवन्ध लगाएसंगै प्रहरीले विप्लव पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गर्न थालेको छ ।
देश भरी विभिन्न ठाँउबाट विप्लव समुहका माओबादीका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिने क्रम जारी राखेको छ ।