पोखरा न्यूज – ०३, जेठ । संसदमा हालै दर्ता भएकोे नेपाल मिडिया काउन्सिल विधेयकको प्रावधान संसोधन नभए आन्दोलनको आधिवेरी ल्याउने पत्रकारहरुले चेतावनी दिएका छन्।
प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको मिडिया काउन्सिल विधेयकको विरोधमा आज(शुक्रबार) पोखराको महेन्द्रपुल चोकमा विरोध प्रर्दशन गर्दै पत्रकारले सरकारले उक्त विधेयक तत्काल संसोधन नगरे आन्दोलनको आधिवेरी ल्याउने चेतावनी दिएका हुन्।
२०६२/०६३ को आन्दोलनमा पत्रकारले पुराएको योगदानको मुल्याङकनलाई सरकारले हाल वेवास्था गरी आफ्नो ढंगले निरंकुशता लाद्न खोजे सम्पुर्ण पत्रकार एक भई अन्तराष्ट्रिय पत्रकारको समेत साथ समर्थमा देशमा आन्दोलनको जस्तो सुकै आधिवेरी हुने सक्ने पत्रकारले सरकारलाई चेतावनी दिएका हुन् । नेपाल पत्रकार महासंघ केन्द्रको आव्हानमा पहिलो चरणको आन्दोलन अन्तर्गत नेपाल पत्रकार महासंघ कास्की शाखाले शुक्रबार बिहान ७ः१५ बजे देखि करिब आधा घण्टा संचार सामाग्रि कलम, डायरी, क्यामरा, ल्यापटप, रेकर्डर लगायतका सामाग्रि प्रर्दशन गरी विरोध प्रर्दन गरेका हुनु ।
विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले साही आयोग जस्तै लोकतन्त्र स्थापना भएको मुलुकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्न खोजे आफुहरुले जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतानी दिएका छन् । मिडिया काउन्सिल विधेयकको प्रावधान संसोधनमा सवैको एक मत हुनु पर्ने बताउदै उनले यस मुद्धामा कसैले राजनीतिक आग्रह र पुर्वाग्रह नराख्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले सत्ता र भत्ता पाउने आशमा केही पत्रकारलाइ विभाजित पार्ने काम भएकोले पत्रकारको मुद्धामा सबै एक हुन उनले जोडदार माग गरे । महासंघ कास्कीका पुर्व अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले प्रेस माथि सरकारले गरेको गलत निर्णय तत्काल सच्चाउन माग गरे ।
महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको विरोध कार्यक्रममा प्रेस चौतारी कास्कीका अध्यक्ष माधब बराल, प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष सन्देस श्रेष्ठ, प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल, संचारिका समुह पश्चिमाञ्चलकी निवर्तमान अध्यक्ष जमुना शर्मा बर्षा, महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिना लगायतले मिडिया काउन्सिल बिधेयक प्रेस स्वतन्त्रता बिरोधी प्रावधान भएकोले तत्काल संसोधन गर्न जोडदार माग गरे ।
महासंघको दोश्रो चरणको आनदोलनको कार्यक्रम सार्वजनिक भए प्रश्चान पुनः कास्कीबाट पत्रकारहरु आन्दोलनको मोर्चामा होमिन तयार रहेको महासंघ कास्की शाखाले जनाएको छ । संसदमा हालै दर्ता भएकोे नेपाल मिडिया काउन्सिल विधेयकको प्रावधानमा समाचार लेखेकै कारण कसैको मानमर्यादामा चोट पुगेमा, कसैको मानमर्यामा आच आएमा २५ हजार देखि १० लाख सम्मको पत्रकार, संचार गृह, सम्पादकलाई जरिवाना हुने प्रावधान राख्न खोजिएको छ ।