दीननाथ बराल, पोखरा न्यूज – ०४, असार l राष्ट्रिय जेष्ठ नागरिक महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भएको छ ।
महासंघका अध्यक्ष मदनदास श्रेष्ठको अध्यक्षतामा बुधबार पोखराको एक होटलमा भएको बैठकले महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निर्णय भएको केन्द्रिय सदस्य कुशुमकेशव पराजुलीले बताए । उक्त बैठकले आउदो चैत महिनामा पोखरामा ८ औं महाधिवेशन समेत आयोजना गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष समेत रहेका पराजुलीले बताए ।
यस अघि महासंघको आपसि छलफलमा सर्वसम्वतले पदाधिकारी एवं सदस्यहरुको चयन हुने गरेको थियो । २७ जना सदस्य हुने व्यबस्था रहेको महासंघमा तीन बर्षिय कार्यकालको अवधि रहेको छ । देशमा हाल ७४ जिल्लासम्म जिल्ला संघहरु गठन भएको महासंघका अध्यक्ष श्रेष्ठले जनाए । कालिकोट, मुगु र डोल्पामा मात्रै जिल्ला स्ंघ गठन हुन बाँकी रहेको उनले जनाए । महासंघमा हाल २ हजार ७ सय भन्दा बढी आवद्ध भएको अध्यक्ष श्रेष्ठले बताए ।
उक्त अवसरमा पोखरा वृद्धाश्रमको नयाँ कार्यसमितिको पदस्थापन समेत गरिएको छ । वसन्तकेशव पराजुलीको अध्यक्षतामा तीन बिर्षीय कार्यकालको लागि नयाँ कार्य समिति हालै चयन भएको हो । त्यस्तै कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठ ,बरिस्ठ ज्येष्ठ नागरिक गौरीशंकर लाल लगायतलाई सम्मान गरिएको थियो ।
जेष्ठ नागरिकलाई बृद्ध भक्ता २ हजारबाट बढाएर ३ हजार पुर्याएकोमा महांसंघले उक्त निर्णयको स्वागत गरेको अध्यक्ष श्रेष्ठले जनाए । उनले जेष्ठ नागरिकहरुलाई सार्वजनिक यातायातामा कम्तिमा ५० प्रतिशत छुट दिने व्यबस्था मिलाउनु पर्ने माग गरे ।