आर.आर.पौडेल, पोखरा न्यूज – १० , असोज । पोखरामा तीन दिने व्युटिफुल स्कार्स कभर अप टाँटु इभेन्टको आयोजना गरियो ।
निःशुल्क रुपमा आयोजित यो इभेन्ट पोखराको रुतिष टाँटु एण्ड पिइरसिङको आयोजनामा भएको थियो । जहाँ काटेको घाउँ, दाग, दुर्घटनाबाट खत बसेको, पोलेका, आदी समस्यमाबाट शरिरका हात, खुट्टा, अनुहार लगायतका स्कार्स भएकाहरु पुगे । स्कार्स भएको ठाउँमा आर्कषक टाँटुको माध्यमबाट छौप्दै स्मार्ट देखिन पाउँदा उनीहरु उत्साहित बने ।
जसको लागि पोखरा, काठमाण्डौ, बनेपाका ६ जना टाँटु आर्टिस्ट खटिएका थिए । टाँटु आर्टिस्टमा रुतिष गुरुङ अशोक, विजय तामाङ, अभिशेक शाक्य, विक्कि देशार, अनिल श्रेष्ठ, सस्मेन तामाङ थिए । उनीहरुले तहाँ पुग्ने टाँटु प्रेमी तथा स्कार्स भएर चिन्तित भएकाको मुहारमा खुशी थपे ।
समाजमा टाटु हान्नेहरु प्रतिको सोचाईलाई परिवर्तन गर्नु समेत इभेन्टको उद्धेश्य थियो । १८ वर्ष माथिकाहरु यहाँ पुगे । जसमा बढी मात्रामा २० देखि ३० वर्षको युवा युवती थिए ।
पछिल्लो क्रममा टाँटुलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको कलाकारले बताए । पहिला गर्ने आर्ट र अहिले गर्ने आर्ट पनि फरक हुँदै गएको कारण पनि यसतर्फको आर्कषण बढेको कलाकार रुतिष गुरुङ अशोकले बताए । व्याड मेमोरीयालालाई कभर गर्न कार्यक्रम भएकोले ५ वाई ३ साइजको टाँटु खोप्दा शुल्क लिइएको थिएन । त्यो भन्दा माथीको आफ्नो इच्छा अनुसार दिने व्यवस्था मिलाइएको थियो । रकम नहुनेलाई बाध्यता थिएन । संकलन भएको रकम सोत सामाजिक कार्यमानै खर्च गरिनेछ ।
बोहेमिन ¥यापसोडी रेष्टुरेन्ट एण्ड बारमा बिहान १० देखि बेलुका ८ बजेसम्म तीन दिनसम्म चलेको कार्यक्रममा सोसियल मिडियाको माध्यमबाट थाहा पाएर स्कार्स भएर चिन्तित बनेकाहरु पुगेका थिए । ठुला–ठुला चोटपटक लाग्ने पनि तहाँ देखिए । कभर अप गरिसकेपछि त्यहाँ आउनेको रियाक्सनमा फरकपना देखिन्थयो । पहिला चिीन्तत देखिएका उनीहरु अनुहार टाँटु खोपेपछि हसिँलो देखिन्थ्यो । त्यहाँ भेटिएका स्कार्स भई टाँटु खोपाउनेहरले पनि टाँटु खोपेर आफनो मनको चिन्ता दुर गर्न अवसर पाएको भन्दै खुशी लागेको प्रतिक्रिया दिए । टाँटु हान्दा रिर्सच गरेर मात्र हान्ने गरिएको आयोजकले बताए ।
अरुको दुःखमा मलम लगाउन यो इभेन्ट गरेको विगत ५ वर्षदेखि पोखरामा रुतिष टाटुँ सञ्चालनमा गरेका अशोकले बताए । टाँटु एउटा कला हो । जुन कलाको माध्यमबाट शरिरमा भएका दाग, चोटको निसानाका कारण खुलेर फेसनेवल बन्न नपाएका, शरिर पुरै ढाकेर हिड्न बाध्य भएकाहरुको अरु नर्मल व्यक्त्ति जसरी निर्धक्कका साथ कुनै संकोच नमानी हिड्ने रहर पुरा भयो ।