पोखरा, २४ चैत्र –
नेकपा एमाले क्षेत्रीय कमिटी कास्की क्षेत्र नं.३ को २२ औं पूर्ण बैठक सोमवार सम्पन्न भएको छ । अध्यक्ष धनबहादुर नेपालीको अध्यक्षतामा बसेको बैठकले २०७३ साल बैशाख १ गते पोखरामा अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास हुने विषय स्वागतयोग्य र राष्ट्रिय गौरबको भएको ठहर गर्दै उत्सहका साथ शिलान्यास समारोहमा सहभागी हुन सबै क्षेत्रमा अपिल गर्ने निर्णय गरेको छ ।
त्यसैगरी २०७३ बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर पोख्रेली स्रष्टा कलाकारसँग नयाँ वर्ष व्यानरमा कार्यक्रम गर्ने निर्णय भएको छ । बैठकले संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान क्षेत्र नं.३ मा उपलब्धीपूर्ण भएको निष्कर्ष निकाल्दै अभियानमा सहजकर्ता नेतालाई धन्यवाद व्यक्त गरेको छ ।
बैठकमा नेकपा एमाले कास्की सचिव दामोदर बैरागी, उपसचिव प्रभा कोइराला र क्षेत्र नं.३ का संयोजक युवराज पौडेलले राजनीतिक निर्देशन मन्तव्य व्यक्त गरेका थिए ।





