पोखरा न्यूज – २७, माघ । पोखरा रंगशाला नजिकै सेतीनदी खोँचमा एक युवक खसेका छन् ।
रंगशालाको कवर्डहल नजिकै सेतीको खोँचमा अन्दाजी २२ बर्षका आकास गुरुङ खसेको स्थानीयले बताएका छन् ।
गुरुङको उद्धारको लागि स्थानीय सहित सुरक्षाकर्मीको टोलि परिचालन भएको छ । भूपू. ग्यारेजमा काम गर्ने गुरुङ सोमबार बिहान कुकुरलाई डोहोर्याउने क्रममा खोँचमा खसेको बताइएको छ ।
नदीको खोँच माथिको भागमा कुकुर खसेपछि कुकुरलाई बचाउने क्रममा गुरुङ लडेर खोँचमा पुगेका हुन् ।