राजाराम पौडेल, पोखरा न्यूज – ०४ , फागुन । पुष्पाञ्जली फेसन एण्ड इभेन्टद्वारा आयोजित छैठौ संस्करणको मिस कल्चर नेपाल २०२० को उपाधि कास्की हेम्जाकी प्रतीक्षा बास्तोलाले जितिन् । अन्तिम प्रतिष्पर्धा उत्रिएका १५ जना मध्ये अब्बल बनेकी उनले मस्ट कन्फिडेन्टको सव टाइटल समेत आफ्नो पोल्टामा पारिन् ।
कार्यक्रममा फस्ट रनर्सअप सपना गौतम, सेकेन्ड रर्नसअप सुहाना क्षेत्री, थर्ड रर्नसअप करुणा पौडेल र बिबिका लामिछाने बन्न सफल भए । भ्युवर च्वाइसको पुरस्कार सुस्मिता पौडेलले हात पार्दा अर्गनाइजर च्वाइसको पुरस्कार प्रतीक्षा मल्ल ठकुरी र सस्मिता तिमिल्सिनाले जिते ।
प्रतियोगितामा मस्ट ट्यालेन्टको सव टाइटल प्रतीक्षा सुबेदी, वेस्ट क्याटवाक आर्जु शाही, वेस्ट हेयर र मस्ट इन्टिलिजेन्ट प्रतीक्षा सुवेदी, वेस्ट स्किन स्वस्तिका श्रेष्ठ, वेस्ट डान्स सल्मा आले मगर, वेस्ट स्माइल र मस्ट फोटोजेनिक कृप्ती न्यौपाने, मस्ट डिसिपिलिन बिबिका लामीछाने, मस्ट एक्टिभ मनिसा राना, मस्ट हेल्पफुल सुस्मिता पौडेल, मस्ट फ्रेन्ड्ली प्रतीक्षा मल्ल ठकुरी, वेस्ट कल्चरल ड्रेस कृपा मल्ल ठकुरी, मस्ट कृयटिभ सस्मिता तिमिल्सिना, वेस्ट पर्फमेन्स र मस्ट पपुलरमा करुणा पौडेल तथा मस्ट पङचुवलको सव टाइटल सपना गौतमले प्राप्त गरे ।
प्रतियोगिताको निर्णायकहरूमा लेखक तथा समालोचक रेशम गिरी, ह्यापी बोर्डिङ्ग स्कूलका प्राचार्य कविराज बराल, फिल्मि डिरेक्टर सावित्री खत्री, सञ्चारकर्मी कविता श्रेष्ठ, मोटिभेसनल ट्रेनर इन्द्रमणि ढुंगाना, मोडल सोनु मल्ल खाँण र मिडियाकर्मी कमल बराल थिए ।
लोपोउन्मुख संस्कृति जोगाउन भनेर पुष्पाञ्जली फेशन एण्ड इभेन्टले यो प्रतियोगीताको आयोजना गरेको हो ।
अडिसन मार्फत छनौट भएकाहरू प्रतियोगीलाइ नेतृत्व विकास, व्यक्तित्व विकास, नेपाली संस्कृतिको बारेमा जानकारी सहितका विभिन्न तालिम प्रदान गरि फाइनल प्रतिष्पर्धामा उतारिएको पुष्पाञ्जली फेशन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले जनाइन् ।