दिननाथ बराल
पोखरा २७, साउन
माछापुच्छ«े बैंक पोखरा क्षेत्रमा भोलि (विहिबार) देखि सम्पुर्ण सेवा पुर्ण रुपमा संचालनमा आउने भएको छ । कर्मचारी आन्दोलनका कारक प्रभावित हुदै आएको सेवा विहिबार देखि भने पुर्ण रुपमा संचालनमा आउने भएको छ ।
माछापुच्छ«े बैंक युनियन कर्मचारी तदर्थ समितिका संयोजक विकास श्रेष्ठले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा विहिबार देखि आफुहरु काममा फर्किने बताउदै बिरोध स्वरुप हातमा कालो पट्टी बाधेर काम गर्ने जनाएका हुन । बैंकको व्याबस्थापन पक्षले आफुहरुको मागको सम्बन्धमा गम्भीर नभएकोमा गुनासो गर्दै उनले ग्राहकहरुको सेवालाई मध्यनजर गरी आफुहरुको आन्दोलन जारी राख्दै हातमा कालो पट्टी बाधेर काम गर्ने जनाए ।
शुक्रबार र आईतबार पोखरा क्षेत्रको सेवा लगभग पुर्ण रुपमा प्रभावित भएको थियो भने सोमबार देखि दिउसो १ बजे पछिको सेवा प्रभावित हुदै आएको छ । यो सेवा बुधबार पनि प्रभावित भयो । बैंकका कर्मचारीले दिउँसो १ बजे पछि पेन डाउन गरी आन्दोलनमा उत्रिएका कारणले सेवाग्राहि मर्कामा पर्दै आएका थिए ।
पोखराको नयाँबजारमा प्राधन कार्यालय सहित, न्युरोड, बगर, लेकसाईड, रामबजार र लेखनाथमा एउटा कार्यालय सहित ६ वटा कार्यालयको सेवा शुक्रबार देखि प्रभावित भएको थियो । एउटा कार्यालयमा दैनिक जसो ५ सय भन्दा बढी सेवाग्राहीहरु आउने गरेको भए पनि हाल उनीहरु मर्कामा परेका हुन ।
संयोजक श्रेष्ठले बैंकमा आफुहरुले कर्मचारीको हकहितको लागि युनियन स्थापना गर्न खोज्दा पुर्वको कर्मचारीलाई पश्चिम र पश्चिमको लागि पुर्वतर्फ पठाउने गरी सरुवा गरेकोले त्यसकोे बिरोधमा आफुहरु आन्दोलनमा उत्रिएको बताउदै आएका छन । उनले भने “कर्मचारीको हकहितको लागि हामीले युनियन स्थापना गर्न लागेका हौं, तर युनियन खोल्न लागेको भन्दै सरुवा गर्नु हामीलाई यो निर्णय मान्य हुदैन, बरु हाम्रो जागीर खारेज होस हामी कहि सरुवा भएर जादैनौं ।”
बैंकले देश भरीबाट यस पटक ४६ जना कर्मचारीको सरुवा गरेको थियो । सरुवा भएका मध्य ४ जना युनियनका पदाधिकारी र बाँकी ३ जना आफुहरुसंग समर्थन जनाएका कर्मचारीहरु भएकोे श्रेष्ठले जनाए । देश भरी ६ सय जना कर्मचारी भएकोमा करीब ४० प्रतिशत जसो युनियन स्थपना गर्ने पक्षमा रहेको समेत उनले बताए ।
बैंकका सुचना अधिकृत सन्तोस कोईरालाले आन्दोलनमा उत्र्रीएका कर्मचारी काममा र्फिर्कए पछि व्याबस्थापन पक्षले छलफल गरी आन्दोलनरत कर्मचारीको बारेमा निर्णय गर्ने बताए । उनले भने “बैंक जस्तो अत्यावसेक सेवा बन्द गर्नु कानुनी रुपमा पनि अवैधानिक हो, कर्मचारीहरुले सेवालाई प्रभाव नपारे पछि उनीहरुको बिषयमा व्याबस्थापन पक्षले अब सोच्ने छ ।”
प्रतिक्रिया दिनुहोस्





